कपिलबस्तु, भदौ ८ गते । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा नुहाउने क्रममा डुबेर २ किशोरको शनिबार दिउसो मृत्यु भएको छ ।
फुटबल खेले पछि नुहाउन कोईली खोलामा गएका नगरपालिका ८ मोर्मीका ठाकुर भण्डरीका छोरा वर्ष १६ का प्रतिक भण्डारी सोही वडाका कृष्ण सापकोटाका १५ वर्षीय छोरा सरोज सापकोटाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझीले बताए ।