शिवराज, कपिलवस्तु।

भाद्र, १२ गते।

कपिलवस्तुको शिवराज नगरपालिकाका स्थानीय  स्तरमा रहेका उद्योगहरुमा काम गर्ने महिला तथा कर्मचारीहरुलाई यातायात भाडामा ७० प्रतिशतसम्म छुट पाउने भएका छन् । आज बसेको विभिन्न यातायात व्यवसायीका प्रमुख एवम् प्रतिनिधि र नगर प्रमुख अजय थापा भएको आपसी सहमतिमा ७०% सम्म छुट दिने निर्णय भएको हो ।

यस नगरपालिकामा बसोबास गर्दै आएका स्थानीयबासीहरू नगरभित्र जुनसुकै उद्योगमा कार्यरत  भए पनि आवतजावत गर्दा उद्योगले जारी गरेको परिचय पत्रको आधारमा छुट दिइने नगर प्रमुख अजय थापाले जानकारी गराए।

आजको छलफलमा कृष्णनगर यातायात प्रा लि, बुटवल यातायात प्रा लि, पश्चिमाञ्चल बस ब्यवसायी प्रा लि र सजिलो यातायत प्रा लि हरु संग सहमति भएको छ ।

नगरपालिकाका बिभिन्न उद्योगहरुमा कम गर्ने महिला कर्मचारीको समस्यालाई बुझ्दै नगर प्रमुख थापाले यो निर्णय गरेका हुन, जसबाट स्थानीय  महिला कर्मचारी (कामदार) लाभान्वित हुनेछिन् ।

नगरले महिला दिदीबहिनीको लागि आगामी दिनमा अरु थुप्रै यस्ता योजनाहरु अघि सार्ने मेयर थापाले जानकारी दिए ।