ललितपुर – २०७२ सालको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।
भूकम्पपछि जीर्ण अवस्थामा रहेको एतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिनुभयो । भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उहाँले मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनर्निर्माण गरिएको बताउनुभयो ।
ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनर्निर्माणका लागि जापान सरकारले १३ करोड रुपैयाँ सहयोग गरेको हो । ललितपुरका धेरैजसो सम्पदाको पुनर्निर्माण पूरा भएको छ भने केही निर्माणाधीन छन् ।
तपाईको प्रतिक्रिया !