कपिलवस्तु बहुमुखी क्याम्पसको ४४ औ स्थापना दिवस मनाइयो
कपिलवस्तु २ असोज
जिल्ला कै पुरानो कपिलस्तु बहुमुखी क्याम्पसको ४४ औं स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा ५ जनालाई सम्मानित गरिएको छ । २ कर्मचारी, एक प्राध्यापक र २ मेधावी छात्रालाई क्याम्पसले सम्मानित गरेको हो ।
२ दशक बढी देखि क्याम्पसमा सेवा गरेको प्राध्यापक तथा पुर्व क्याम्स प्रमुख नवराज तिवारी, सहयाक प्रशासक चन्द्रकान्त शर्मा, पुस्तकालय प्रमुख जानुका शर्मालाई जनही २५ हजार नगद सहीत प्रशंसा पत्रले सम्मानित गरिएको हो ।
यस्तै बीबीएस प्रथम बर्षमा ८० दशमलव ४० अंक ल्याई नेपाल प्रथम हुने छात्रा अवन्तीका बर्मा र बिएड प्रथम बर्षमा जिल्ला प्रथम हुने छात्रा अर्चना मिश्रालाई समेत प्रशंसा पत्रले सम्मानित गरिएको हो । पुर्व मन्त्री बुजेश कुमार गुप्ताले दोसल्ला कदर पत्र सहीत उनीहरुलाई सम्मानित गरेका थिए ।
छात्रा बर्मालाई स्नाकोत्तर सम्म पुर्ण छात्राबृत्ति र छात्रा मिश्रलाई स्नातक सम्म पुर्ण छात्राबृत्तिमा पढाईने सोही कार्यक्रमा क्याम्पस प्रमुख होतराज खनालले घोषणा गरेका थिए ।
सो अवसरमा पुर्व मन्त्री गुप्ताले पुरानो क्याम्पसले अहिले राम्रो प्रगति गरेकोमा खुशी ब्यक्त गरे । उनले दक्षिणी क्षेत्रका छात्रछात्राहरुलाई यो क्याम्पसले उच्च शिक्षा पढ्ने बाटो खुला गरेको बताए । क्याम्पसको विकास र प्रगतिमा आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा पुर्व मन्त्री तथा राजदुत दिप कुमार उपाध्यायले यो क्याम्पसमा प्राबिधिक शिक्षालाई जोडनु पर्ने बताए । उनले क्याम्पसको विकासका लागि आफु लागी पर्ने बताए ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष रामदास गुप्ताको अध्यक्षता जीवन मरासिनीको संचालनमा भएको कार्यक्रममा पुर्व प्राध्यापक हरिराज शर्मा पुर्व क्याम्पस प्रमुख बिनय पाण्डेय लगायतले शुभकामना मन्तब्य दिएका थिए ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













