पाँचथर । लगातारको बर्षाका कारण पहिरोले घर परिदा एकै परीवारका आमा छोरीको ज्यान गएको छ ।

पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा स्थित आदिबासि जनजातीको भवन छेउकाे घरमा गएराति पहिरोले खस्दा २४ बर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याईएको छ
उनीहरु फिदिम-४ मा डेरामा बस्दै आएका थिए ।

साथीको घरमा सुत्न आएका बखत उनीहरुलाई पहिरोले पुरेको हो । त्यहाँ रहेका ३ जना भने भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पहिरोले आदीवासी जनजाती महासंघ पाँचथरको भवन पनि पुरेको छ ।