कपिलवस्तु १२ असोज
श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षले भीषण बर्षा कै समयमा शनिवार प्राचिन कपिलवस्तु स्थित ३ बुद्ध स्थलको भ्रमण गरेका छन । राजापाक्षले आफ्नो परिवार र नेपालकालागि श्रीलंकन राजदुत सुदर्शना पाथिराना सहीतको टोलीले बुद्धस्थल तिलौराकोट, निग्रोधराम र निगालीकोटको भ्रमण गरेका हुन ।
शुक्रवार लुम्बिनीको भ्रमण पछि झरीको पर्वाह नगरी शनिवार उनी प्राचिन कपिलवस्तु आएका हुन । भ्रमण टोलीलाई सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई र पुरातत्व अधिकृत हिमाल उप्रेतीले ती स्थलका ऐतिहासिक पृष्ठभुमी, हालको अवस्था, महत्व लगायतका बिषयमा जानकारी गराएका थिए ।
श्रीलंकनहरु प्राचिन कपिलवस्तु श्रद्धाका साथ आउने भएकाले पूर्व राष्ट्रपतीले महत्वका साथ मायादेवी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए । निरन्तरको बर्षाले हिडडुल गर्न समेत असहज भएको बेला पूर्वराष्ट्रपती राजापाक्षेले बुद्धजन्मस्थल लुम्बिनीमा पाईला टेक्न पाउनु जीवनकै ठूलो उपलब्धी भएको बताए ।
सुचना अधिकृत राईले तिलौराकोट बिश्व संपदा सुचीमा सुचीकृतका लागि प्रस्तावित क्षेत्र रहेको र केही दिन मै युनेस्कोको प्राबिधिक टोली समेत निरीक्षणकालागि आउने बारे टोलीलाई जानकारी गराएका थिए । राजपाक्षले ३ वटा बुद्ध स्थल रहेको प्राचिन कपिलवस्तुमा पाईला टेक्न पाउदा आफुलाई निकै खुशी मिलेको बताए । उनले करौडा बुद्धको आस्थाको केन्द्रमा आउन पाउदा शान्तिको महसुस भएको उनले बताए ।
तिलाराकोट बुद्धले २९ बर्ष बिताएको राजा सुद्धोदनको राजप्रसादको हो । यस्तै निग्रोधराम कुदान सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे पछि आफनो परिवारलाई भेटर बुद्ध शिक्ष दिएको स्थल र निगालीकोट कनकमुनी बुद्धको जन्मथलोका रुपमा परिचित छ ।
तपाईको प्रतिक्रिया !