कपिलवस्तु, असोज १४ गते । कपिलवस्तुको शिवराज नगरपालिकाले राष्ट्रिय गानबाट सेवाको शुभारम्भ गर्ने परिपाटी बनाएको छ । कार्यालय शुभारम्भ हुने बिहान १० बजे सामुहिक राष्ट्रिय गान गाय पछि कार्यालयको सेवा शुभारम्भ गर्ने गरी आईतावार देखि त्यसको शुरुवात गरिएको हो ।
यस्तो सुरुवात गर्ने शिवराज नगरपालिकाका जिल्ला कै १० पालिका मध्ये पहिलो हो । कर्मचारीहरुलाई पोषाक,परिचय पत्र सहित कार्यालय परिसमा उभिएर राष्ट्रिय गान गाउने कार्य सुरुवात गरिएको हो ।
कर्मचारीलाई मर्यादीत अनुशासित र समयको पालना गराउन यो कार्यले मद्दत मिल्ने नगर प्रमुख अजय थापाले बताए । यो कार्यले कर्मचारीहरुमा राष्ट्रियता जाग्नुका साथै समय र्मै कार्यालयमा उपस्थित हुन प्रेरणा मिल्ने उनले बताए ।
यसले कर्मचारीमा सामुहिकता महसुस हुने र सेवालाई प्रभावकारी बनाउन प्रेरणा मिल्ने बताए । ‘ यो कार्यले कर्मचारीहरुमा मनोबल बढछ, यसले राम्रो प्रतिफल पनि दिन्छ ’ नगर प्रमुख थापाले भने ।
तपाईको प्रतिक्रिया !