कपिलवस्तु, असोज १४ गते । कपिलवस्तुको ३ पालिकामा संचालित अधिकारम्ुखी सुधारिएको खाद्य प्रणाली परियोजनाको संयुक्त अनुमगन गरिएको छ ।
बेल्टहंगरहिल्फे र फारवर्ड नेपालको सहयोगमा कालिका सामाजिक केन्द्रको अगुवाईमा मायादेबी, यशोधरा र शुद्धोधन गाउपालिकामा संचालित परियोजनाको ३ छुट्टा छुट्टै टोलीले संयुक्त अनुमगन र निरीक्षण गरेको हो ।
जिल्ला स्तरीय अनुगन समितिले जिल्ला समन्वय प्रमुख बावुराम आचार्यको नेतृत्वको अनुगन र निरीक्षण गरेको हो । मायोदबी गाउपालिकामा जिल्ला समन्वय प्रमुख बावुराम आचार्य, शुद्धोधन गाउपालिकामा प्रमुख कमलेश शरण चौधरी र यशोधरामा परियोजनकी कमला सापकोटाले टोलीको नेतृत्व गरेका थिए । त्यस क्षेत्रका बिपन्न र भुमीहीन नागरिकहरुलाई सशक्तीकरण गर्दै पोषण र खाद्य सुरक्षा सुनिश्चित ४५ महिने परियोजा संचालन गरिएको छ ।
भुमीहीन युवाहरुको ३ समुहलाई प्लम्बीङ, मोटरसाईकल रिपेरिङ र इलेक्ट्रिक तालिम संचालन गरिएको छ । यस्तै ३ पालिकाको १२ जना भुमीहीन कृषकलाई आय आजर्नका लागि पोखरी भाडामा लिएर माछा पालनका लागि सहयोग गरिएको छ ।
यस्तै ३ पालिकामा ६६ वटा पोषण बैगैचाका लागि समेत सहयोग गरिएको छ । यस्तै पोषणा तथा खाद्यका ३३ वटा समुह बनाई सचेत गराइएको छ । परियोजनाले साढे चार हजार साना किशान र ५ सय भुमीहीनको खाद्य उत्पादनको उपलब्धता सहीत जीवीकोपाजर्न समेतमा सहज हुने परियोजनाको उद्देश्य छ ।
जिल्ला समन्वय समिति प्रमुख बावुराम आचार्यले कालिकाले संचालन गरेको यो परियोजनाले गरीब र बिपन्न परिवारको आयआर्जन सहीत पोषणको अवस्थामा सुधार हुने बताए । उनले अहिले सम्म जिल्लामा धेरै लगानी गर्दा पनि पोषणको अवस्थामा सुधार आउन नसकेको अवस्थामा यो परियोजाले ती पालिकामा उपलब्धी ल्याउने संकेत देखिएको बताए ।
शुद्धोधन गाउपालिकाका प्रमुख कमलेशरण चौधरीले परियोजनाले गरिब र बिपन्नलाई समेटको बताए । उनले पोषणा बगैचा, पोखरी भाडामा लिएर आयआर्जन र पोषण कक्षाले सचेतना सहीत आयआर्जनमा मद्दम मिल्ने बताए ।
अनुगमनमा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, गैसस महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, संचारकर्मी गाउपालिकाका स्वास्थ्य कृषि शाखाका प्रमुख लगायतको सहभागीता थियो । ३ पालिकाको २२ वडामा यो परियोजना संचालनमा रहेको छ ।
तपाईको प्रतिक्रिया !