कपिलवस्तु, असोज १४ गते । कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारीको २६ औ साधारण सभा संपन्न भएको छ ।
ब्यानर पढेर साधारण सभाको उदघाटन गर्दै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले समस्याग्रस्त यो सहकारीले अहिले भने प्रगति गर्दै गएको बताए । उनले यो सस्थाको ऋण असुलीमा नगरपालिकाको साथ रहने बताए । उनले नगर क्षेत्रको सहकारीको नियमन गर्ने अधिकार बल्ल नगरपालिकामा आएकाले बचतकर्ताहरुको बचत फिर्ता गराउन समेत नगरपालिकाले पहल गर्ने उनले बताए ।
‘बचत फिर्ता, ऋण असुलीमा नगरपालिकाले साथ दिन्छ, बचतकर्ताहरुले बचत रकम क्रमशः फिर्ता पाउने छन’ उनले भने । पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले बचतकर्ताहरुको बचत फिर्ता गराउन र सहकारीको निग्रानी गरीरहेने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा सहकारीका अध्यक्ष राजु प्रसाद अर्यालले गत आर्थिक बर्ष २०८०÷०८१ मा सहकारी १३ लाख ८५ हजार घाटामा रहेको बिवरण प्रस्तुत गरेका थिए । आगामी आर्थिक बर्ष १ करोड १८ लाख को अनुमानित आयब्यय पेश गरेका थिए ।
धितो लिलाम गरी ऋण असुली गर्ने, ऋण असुलीको आधारमा बचत रकम फिर्ता गर्ने, सेयर सदस्य बिस्तार लगायतका क्रियाकलाप गनिरे उनले बताए । कम्तीमा एक जनाले ५ कित्ता सेयर किन्नु पर्ने लगायतका नियम पारित गरने उनले बताए ।
साधारण सभामा प्रगति, लेखा प्रगिबेदन नीत तथा कार्यक्रम लगायतका कुराहरु समेत पारित भएको छ । अब ऋण असुलीका लागि बाटो खुला भएको बताए । यस्तै हिनामिना गरेका कर्मचारी लगायतहरुलाई बिगो रकम असुलीका लागि अदालतमा मुद्दा समेत हालिने अर्यालले बताए ।
सहकारीका अध्यक्ष राजु प्रसाद अर्यालको अध्यक्षता, सकुन्तला पौडेलको संचालनमा भएको उदघाटन सत्रमा उद्योग बाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादीन कुर्मी, सिद्धार्थ बचत तथा ऋण सहकारीकी ईन्दिरा भट्टराई, कालीपद शर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
तपाईको प्रतिक्रिया !