कपिलवस्तु कार्तिक १ । तरकारी उत्पादनमा लोकप्रिय बनेको कपिलवस्तुको बुद्धभुमी नगरपालिका १० धनकौलीको वनतरियाका सरकारी सेवामा प्रबेश गरेका युवाहरुलाई सम्मानित गरिएको छ । वनतरिया क्षेत्रका ३ दर्जन युवाहरुलाई श्री रामघाट तरकारी उपज ब्यवस्थापन तथा संकलन केन्द्रले टीका र गम्छा ओढाएर सम्मानित गरेको हो ।
५ बर्ष यता बनतरिया क्षेत्रका ५० बढी युवा युवती नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र शिक्षक बनेको केन्द्रका अध्यक्ष बहराईची केवटले बताए । सरकारी सेवा प्रबेश गरेका सबै मधेसी समुदायका हुन ।
बडा दशै, तिहार र छठको अवसर पारेर उनीहरुलाई सम्मानित गरिएको केवटले बताए । ‘ तरकारी उत्पादनमा नमुना बनेको धनकौली क्षेत्रका युवा युवतीहरु समेत सरकारी सेवामा प्रबेश पाएर यहाको नाम राखेकोले उनीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हौ ’ केवटले भने ।
वनतरिया क्षेत्रका १९ जना नेपाल प्रहरी, वन रक्षक १३ नेपाली सेना ११ शिक्षक ५ र सशस्त्र प्रहरीमा ३ जनाले प्रतिस्पर्धा गरी सरकारी सेवामा प्रबेश पाएका हुन । नेपाल प्रहरीमा ४ बर्ष अघि प्रबेश गरेका युवराज गुप्ताले कृषकका छोरा छोरीले समेत केही गरेर देखाउन सकेकोमा आफुहरुलाई गर्व महसुस भएको बताए ।
‘ मिहीनेत र लगनशील भई काम गरेर हामीले यो स्थान हासिल गरेका हौ ’ उनले भने । शिक्षक सेवामा दोश्रो प्रयासमा स्थायी शिक्षकमा नाम निकालेकी मन्जु चौधरीले कृषि कर्ममा रहेका आफ्ना बुवा आमाको आर्शिवाद र साथले आफुल शिक्षक बन्न सफल भएको बताईन ।
धनकौली तरकारी उत्पादनमा जिल्ला मै अग्र स्थानमा पर्छ । अहिले यहाका युवा युवतीहरु सरकारी सेवामा प्रबेशका लागि तयारीमा जुटेका छन । कृषकका छोरा छोरीले समेत सरकारी सेवा प्रबेश गरेर वनतरिया क्षेत्रका नाम राखेको वडा सदस्य मेघनाथ केवटले खुशी ब्यक्त गरे ।
कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य स्थानीय अगुाव कृषक दयाशंकर केवट, महन्त केवट कृष्णमोहन केवट लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
तपाईको प्रतिक्रिया !