कपिलवस्तु १० कार्तिक
कपिलवस्तुको तौलिहवा स्थित समयमाई बचत तथा ऋण सहकारी सस्थाको १६ औं बार्षिक साधारण सभा तौलिहवामा संपन्न गरिएको छ । सभाको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले उद्घाटन गर्दै नगर क्षेत्रमा रहेको सहकारीको नियमन र ब्यवस्थित गर्न नगरपालिका लागी परेको बताए ।
देशब्यापीरुमा सहकारी रकमको अपचलनका कुराहरु बाहिर आईरहेकोले सहकारीहरु ऋाफ्नो अनुशानसमा चल्नु पर्ने बताए । उनले सहकारीमा लिएको ऋण रकम तिर्न आग्रह गर्दै नतिर्नेहरुको ऋण असुलीमा सहकारीले काडई गर्नु पर्ने बताए ।
कार्यक्रममा सचिव गोपीकृष्ण श्रेष्ठले प्रगति र बिश्वराज पाण्डेयले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । ऋणको ब्याज असुली नहुदा लाभांस बितरण गर्न नसकेको अध्यक्ष मधुसुदन श्रेष्ठले बताए । उनले संस्था मजबुत स्थितिमा रहेको बताए ।
संस्थाको अध्यक्ष श्रेष्ठको अध्यक्षता, बिश्वराज पाण्डेयको संचालन र उपाध्यक्ष जर्नादन पराजुलीको स्वागत मन्तब्यमा कार्यक्रम संपन्न भएको थियो ।
तपाईको प्रतिक्रिया !