राती १० बजेसम्म कपिलबस्तुमा देउसी भैलो मात्र खेल्न पाइने
कपिलबस्तु, कात्तिक १६ गते । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले भैलो खेल्दा परम्परागत संस्कृतिको जगेर्ना गर्दै मर्यादित ढंगले खेल्नु हुन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार चाड पर्वमा पटकाहरु, आतसवाजी जस्ता प्रज्वलनशील पदार्थहरु नपड्काउन, जुवातास लगायतका जुवाजन्य खेल नखेल्न नखेलाउन अनुरोध गरिएको बताउनुभयो । देउसी भैलो राती १० बजेसम्म खेल्न उहाँले आग्रह गर्नु भएको छ ।
साथै सडक किनारमा खुला रुपमा बिक्रीका लागि राखिएका मिठाई एवं खाद्यवस्तुहरु खरिद नगर्नु, चाडवाडको समयमा म्याद गुज्रेका खाद्यवस्तु, पेय पदार्थ लगायतका गुणस्तरहिन उपभोग्यवस्तुको बिक्री वितरण हुन सक्ने अत्याधिक सम्भावना हुने हुँदा त्यस तर्फ सचेत रहन प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सार्वजनिक स्थानमा होहल्ला गर्ने कार्य नगर्नु÷ नगराउन र मैनबत्ती तथा बिजुली बत्तीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन समेत आग्रह गरेको छ ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













