कपिलवस्तु २२ कार्तिक
कपिलवस्तुको तौलिहवा स्थित बालगृहका बेसाहरा बालकलाई कम्मल बाडिएको छ । बुद्धभुमी नगरपालिकाले बालगृहमा रहेका ३२ बालकहरुलाई कम्मल बाडेको हो ।
मेयर केशव कुमार श्रेष्ठले बालगृहका बालकहरुलाई कम्मल हस्तान्तरण गरेका थिए । मेयर श्रेष्ठले आफुले बाचा गरे अनुसार नै बालगृहका बालकहरुलाई कम्मल उपलब्ध गराएको बताए । उनले बालगृहलाई आफ्नो नगरपालिकाले बिभिन्न सामाग्री खरिदका लागि बार्षिक २ लाख बजेट बिनियोजन समेत गरेको बताए ।
बालगृहलाई सबैले सहयोग गरी बेसाहरा बालकलाई प्रोत्साहन गर्नु पर्ने बताए । उनले आफ्नो पालिकाले बालगृहलाई थप सहयोग गर्ने समेत प्रबिद्धा ब्यक्त गरे ।
सो अवसरमा नेपाल बाल संगठन कपिलवस्तुका अध्यक्ष गोपालमणि ज्ञवालीले बुद्धभुमी नगरपालिकाले बालगृहलाई लामो सयम देखि सहयोग गर्दे आएको बताए । उनले बालगृहका लागि सरकारी स्तरबाट कुनै सहयोग नभएको गुनासो गरे ।
उनले बालगृहको विकासका लागि ३ वटै तहका सरकारले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा बालगृहका ब्यवस्थापक राम प्रासद अर्यालले बुद्धभुमी नगरपालिकाले बालगुहलाई धेरै माया गरेको बताए । बार्षिकरुपमा २ लाख सहयोगका साथै दशै लगायतका पर्वहरुमा समेत सामाग्रीहरु सहयोग गर्ने गरेको उनले बताए ।
तपाईको प्रतिक्रिया !