कपिलवस्तुको विजयनगर गाउँपालिकाले याेगदान रकमको ५० प्रतिशत रकम व्यहोर्ने भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम मार्फत पालिकाबासीको उपचारमा लाग्ने कुल रकमको ५० प्रतिशत रकम व्यहार्ने भएको गाउँपालिकाले जनाएको छ ।
पालिकाबासी कोही पनि स्वास्थ्य उपचारबाट बन्चित हुन नपरोस भन्ने उद्धेश्यले पालिकाले चालु आवमा यस्तो कार्यक्रम ल्याएको पालिकाका अध्यक्ष गोपाल थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार कुल बिमाङ्क् रकमको ५० प्रतिशत रकम पालिकाले भुक्तानी गर्नेछ ।
त्यसका लागि स्वास्थ्य बीमा बोर्ड तौलिहवा र गाउँपालिका बीच एक सम्झौता भएको छ ।
पालिबासी यो कार्यक्रममा जोडिनका लागि आफ्नो पायक पर्ने वडा र पालिका मुकाममा पुगेर थप प्रक्रिया बुझ्न सक्नेछन् ।
सो अवसरमा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, स्वास्थ्य शाखा प्रमुख यग्य प्रसाद अधिकारी स्वास्थ्य वीमा बोर्ड कपिलबस्तुका संयोजक वशिष्ठ तिवारी, बोर्डकी दता अधिकारी शोभा भुसाल लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !