करदाता सेवा कार्यालय तौलिहवा देशभरमै सर्बोत्कृष्ट
कपिलबस्तु, मंसिर २ गते । देशभरका करदाता सेवा कार्यालय मध्ये करदाता सेवा कार्यालय तौलिहवा सर्बोत्कृष्ट हुन सफल भएको छ । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस—२०८१ को अवसरमा करदाता सेवा कार्यालय तौलिहवा प्रशंसा पत्र सहित सम्मानित भएको हो ।
कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को राजस्व संकलन तथा कार्यगत लक्ष्य प्रगतिका आधारमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा देशभर सर्बोत्कृष्ट भएको कर अधिकृत भिम प्रसाद सापकोटाले बताउनुभयो । कार्यालयले ९१.२७ अंक सहित समग्र कार्यसम्पादन स्तर ए प्लस प्राप्त गरी प्रथम स्थान हाँसिल गरेको अवसरमा सर्बोत्कृष्ट भएको उहाँको भनाई छ ।
उक्त प्रशंसा पत्र उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यालय प्रमुख एवम् कर अधिकृत भिम प्रसाद सापकोटालाई प्रदान गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























