उपनिर्वाचनः शुद्धोधन १ को वडाध्यक्षमा चार स्वतन्त्र सहित १४ जनाको उम्मेदावरी
कपिलबस्तु, मंसिर ३ गते । आउदो मंसिर १६ गते हुने स्थानिय तहको उपनिर्वाचन अन्र्तगत कपिलबस्तुको शुद्धोधन गाँउपालिका १ को वडाध्यक्ष पदमा चार स्वतन्त्र सहित १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सो पदमा नेपाली कांग्रेसको तर्फबाट दिनेश कुमार यादव, नेकपा (एमाले)को तर्फबाट मोहम्मद ताहिर मुसलमान, नेकपा (माओवादी) केन्द्रको तर्फबाट रफिक मोहम्मद मुसलमान, जनमत पार्टीको तर्फबाट सीताराम पटेल कुर्मी, जनता समाजवादी पार्टीको तर्फबाट रमेश कुमार पाण्डेयले उम्मेदवारी दिएका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालको तर्फबाट राम बहादुर कुर्मी(चौधरी), राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट इम्तियाज अहमद, राष्ट्रिय स्वतन्त्र पाटीको तर्फबाट अवधेश कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सुर्य कुमार चौधरी थारु, नेकपा(एकिकृत)को तर्फबाट सुब्बा थारुले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
त्यस्तै चार उम्मेदवारले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट सर्वजीत मल्लाह, पुजारी थारु, अब्दुल अब्बल फकिर, अब्दुल मुयीद मुसलमानले उम्मेदवारी दिनु भएको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी अमर बहादुर वलीले जानकारी दिनु भएको छ ।
मुख्य निर्वाचन अधिकृत प्रकाश चन्द्र अधिकारीले निर्वाचनलाई स्वातन्त्र, निष्पक्ष, र धाधालि रहित निर्वाचन सम्पन्न गर्न सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।
शुद्धोधन गाँउपालिका १ मा निर्वाचनका लागि २ हजार ११२ महिला र २ हजार ७ सय ५६ पुरुष गरी ४ हजार ८ सय ६८ मतदाता रहेका छन् । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रहेको रिक्त पदको लागि निर्वाचन हुन लागेको छ । कांग्रेसका उम्मेदवार यादव मृतक तिलकरामका छोरा हुन् ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













