कपिलबस्तुमा पेस्तोल सहित एक जना पक्राउ
कपिलबस्तु, मंसिर ११ गते । कपिलबस्तुमा प्रस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाँउपालिका वडा नं. ६ बडसुडवाका २१ वर्षिय सद्दाम हुसेन फकिर रहेको प्रहरीले जनाएको छ ।
फकिरलाई मायादेवी गाँउपालिका वडा नं. ६ डुमराबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक निरञ्जन दत्त भट्टले बताउनुभयो । फकिर मोटरसाईकल चोरी गर्न खोजीरहेको स्थानियद्वारा खबर हुनासाथ प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको शरीरमा कम्मरको भागमा लुकाई छिपाई अवस्थामा राखेको कालो रङ्गको ४.५ मिलि मिटर क्यालिवरको डेन्जर टोय ईयर पेस्तोल १ थान, पेस्तोलमा लाग्ने छर्रा ४३ थान, पेस्तोलमा प्रयोग हुने धमाका ६ थान, आइटेल कम्पनीको मोबाईल १ थान र एक थान सिमकार्ड सहित नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो ।
उनलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।































