वडाध्यक्ष खाँले थाले गाउ ब्लक जग्गा पीडीतको लालपुर्जाका लागि पहल
कपिलवस्तु, मंसिर ११ गते । बर्षौ देखि भोग चलन गर्दै आए पनि लालपुर्जा बिहीन बनेको कपिलवस्तु नगरपालिका १ मा रहेका गाउ ब्लक मिन्हा डिई जग्गा पीडीतको लालपु्र्जा बनाउन वडाध्यक्ष जाहिद खाँले पहल थालेका छन ।
यस अघि नगरपालिको बोर्ड बैठक र सभाले समेत पारित गरे पनि हाल सम्म वडा नम्बर १ तौलिहवा बजार र त्यस आसपासका जग्गाधनीले लालपुर्जा पाउन सकेका र्छैनन ।
वडाध्यक्ष खाँले पुर्व मन्त्री तथा सांसद सुरेन्द्रराज आचार्य, बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ सहीतको टोली तौलिहवा स्थित मालपोत कार्यालयमा पुगेर त्यसका लागि आवश्यक कदम चालेका हुन । गाउ ब्लक जग्गालाइ बाल बिटोरीका रुपमा नगरपालिकाले परिभाषित गर्दा समस्या आएको वडाध्यक्ष खाँले बताए ।
‘गाउब्लक पीडीतको जग्गाको लालपुर्जाका लागि ठोस पहल गर्छौ’ उनले भने । फेरीबाट नगरपालिको बोर्डबाट पारित गरी नापी कार्यालय मार्फत नापी बिभागमा लालपुर्जाका लागि पहल थालिने उनले बताए । उनले आफ्नो बाकी रहेको ढाई बर्षे कार्यकाल मै गाउ ब्लक पीडीतलाई लालपुर्जा दिलाउने ध्यय रहेको बताए ।
उनले यसका लागि आफु भुमीसुधार मन्त्रालयमा डेलीगेशन समेत जाने बताए । लालपुर्जा नहुदा जग्गा धनीहरु धेरे समस्यामा परेका छन । सो अवसरमा सांसद आचार्यले तौलिहवा बजारका गाउ ब्लक पीडीतको लालपुर्जाका लागि आफुले भुमीसुधार मन्त्रालयमा ठोस पहल गर्ने बताए ।
अहिले जिल्ला कै बलराम अधिकारी भुमीसुधार मन्त्री भएकाले पनि यो समस्या समाधान गर्न सजिलो हुने उनले बताए ।
सो अवसरमा नापी अधिकृत जनक बहादुर भण्डारीले तौलिहवा बजारको जग्गा बाल बिटोरी नभै गाउ ब्लक रहेको बताए । उनले यो कुरालाई नगरपालिकाले संशोधन सहीत बार्डबाट निर्णय गरी पठाउनु पर्ने बताए । बिभागमा यस बारे आफुहरुले पत्राचार गर्ने उनले बताए ।































