दैलेखको दुल्लू नगरपालिका–१३ मा नेकपा एमालेका लालबहादुर शाही विजयी भएका छन् । उनी ५७४ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कांग्रेसबाट रेशम बहादुर शाहीले ५७१ मत ल्याएका छन् भने माओवादीबाट ढकेन्द्र शाहीले २७८ मत मात्रै ल्याए । यहाँ रास्वपाले ५३, नेमकिपाले ४, राप्रपाले १३ र ३३ मत बदर भएका छन् ।
यहाँ यसअघि एमालेका बिर्खबहादुर शाही ८२२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका डम्बर शाहीले ७७३ मत पाएका थिए । निर्वाचित भएका शाहीको ब्रेन ट्युमरका कारण ०८० माघमा मृत्यु भयो । पुनः एमालेले आफ्नो ठाउँ सुरक्षित राख्न सफल भएको छ ।
तपाईको प्रतिक्रिया !