रौतहटको ईशनाथ नगरपालिका वडा नं. –७ मा नेपाली कांग्रेस निर्वाचित भएको छ ।

उक्त वडामा कांग्रेसका शेख अब्दुल खलिक ६ सय २७ मत पाएर निर्वाचित भएका हुन् । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५ सय ७५ मत पाएका छन् ।

अध्यक्ष माधव नेपालको गृहजिल्लामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार सदरे आलम ४ सय ५२ मतसहित तेस्रो भएका छन् ।

जनमत पार्टीका शेख जमिरुलले १ सय ३५ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि यो वडा नेकपा एमालेले जितेको थियो ।