कपिलबस्तु, मंसिर १९ गते । कपिलबस्तुको यशोधरा गाँउपालिका वडा नं. ३ बसन्तपुरमा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । उक्त दिवस यु एम एन र अस्टे«लियन एडको आर्थिक सहयोग, यशोधरा गाँउपालिकाको समन्वय एवम् दलित सामाजिक विकास केन्द्रको आयोजनामा मनाइएको हो ।
दिवसको अवसरमा हर्दिहवा गाँउको उत्तरीटोलबाट ¥याली निकालिएको थियो । हर्दिहवाबाट सुरु भएको ¥याली बसन्तपुर वडाकार्यालय पुगेर कोणसभामा परिणत भएको थियो ।
सो अवसरमा बोल्दै यशोधरा गाँउपालिकाकी उपाध्यक्ष गुञ्जादेवी मौर्याले विगतका वर्षदेखि पालिकाले निर्माण गर्ने सबै संरचना अपाङ्गमैत्री बनिरहेको बताउनुभयो । दिवसले अपाङ्गताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रीत हुने बताउनुभयो ।
उपाध्यक्ष मौर्याले अपाङ्गता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिदै समाजले अपांगता भएका व्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुभयो । अपाङ्गता भएका समुदायलाई बाहिर राखेर गरिने विकास पूूर्ण हुन नसक्ने उहाँको भनाई छ । समाजमा केही परिवर्तन ल्याउन सबै एक जुट हुनु पर्ने उपाध्यक्ष मौर्याले बताउनुभयो ।
कार्यक्रममा यशोधरा गाँउपालिका वडा नं. ३ का अध्यक्ष सरीता त्रिपाठीले अपाङ्गता भएका व्यक्तिहरुलाई वडाबाट दिने सबै सेवा दिईदै आएको बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिदै समाजले अपांगता भएका व्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
यशोधरा गाँउपालिकाका समाजिक विकास समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष अब्दुल कयूम मुसलमानले अपाङ्गता भएकाहरुलाई आएको समस्याको समाधान तर्फ सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले सबै व्यक्तीहरुले आ आफ्नो हक अधिकार पाउनु पर्ने बताउनुभयो । समाजमा हुने कुनै पनि हिंसालाई निरुत्साहित गर्नु पर्ने वडाध्यक्ष मुसलमानले बताउनुभयो ।
त्यस्तै वडा नं. २ का वडाध्यक्ष मनोज कुमार चौवेले अपाङ्गता भएकाहरुसंग राम्रो व्यवहार गर्नु पर्ने बताउनुभयो । संविधानमा दिएको अधिकारलाई कसैले बञ्चित गर्न नसक्ने उहाँले बताउनुभयो । अधिकार प्राप्तीका लागि स्वयं अपाङ्गता भएकाहरु चनाखो हुनु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा कृष्ण धार्मिक विद्यालयकी शिक्षक प्रज्ञा रेग्मीले राज्यले अपाङ्गता भएकाहरुको शैक्षिक क्षेत्रमा विषेश भुमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले विद्यालयमा साधारण र अपाङ्गता भएका विद्यार्थीलाई हामीहरुलाई पढाउन मुश्किल हुने बताउदै राज्यले हामीलाई त्यही किसिमको तालिमहरुको व्यवस्था गर्नु पर्ने उहाँको भनाई छ ।
सो अवसरमा कार्यक्रम संयोजक जित नारायण यादवले विभिन्न माग सहितको आवधारण पत्र समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुसंग गरिने व्यवहार लगायतको विषयमा सडक नाटक तथा गितको माध्यमबाट चित्रण गरिएको थियो ।
¥याली कार्यक्रममा जीवन सूधार परियोजनाबाट प्रिति गुप्ता, मानसिक स्वास्थय परियोजनाका निर्मला सिंह, मनोसमाजिक सहयोग समुहका सदस्य, लगायतको सहभागिता रहेको थियो । गोविन्द धवलको सञ्चालनमा भएको कार्याक्रममा केन्द्रका कार्यकारी निर्देशक राम शरण रैदासको स्वागतमा सम्पन्न भएको छ । कार्यक्रम दलित सामाजिक विकास केन्द्रकी सदस्य अनिता श्रीमालको अध्यक्षतामा भएको हो ।
तपाईको प्रतिक्रिया !