१५ ओै कपिलवस्तु महोत्सवको तेस्रो दिन शुक्रबार चर्चिक लोक तथा आधुनिक गायिका समिक्षा अधिकारी सहितका कलाकारकाे जादु चल्ने भएकाे छ। शुक्रबार गायिका अधिकारीसहित विक्रमबाबु विक, विष्णु ठट्टाराई, श्याम बोहोरा आउने तय भएको महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनले जानकारी दिए

विहिबार चोलेन्द्र पौडेल, आधुनिक गायक सञ्जीव सिंह राना, दोहोरी गायिका सपना गाहासहित स्थानिय कलाकारको बेजोड प्रस्तुति रहेको थियो । यसैबीच विहिबारबाट १३औं कपिलवस्तु डान्स आईडलतर्फ १५ जना प्रतिस्पर्धीहरुले आआफ्नो प्रस्तुति राखेका छन् । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।  कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।