कपिलबस्तु, मंसिर २१ गते । २१ औं महिला सामुदायिक स्वास्थ्य स्वंसेविका दिवस देशभर सहित कपिलबस्तुमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । सोही अनुरुप कपिलबस्तुको बुद्धभुमि नगरपालिका स्वास्थ्य शाखाले महिला स्वास्थ्य स्वायंसेविकाहरुलाई प्रोत्सहिन गर्न सम्मान गरेको छ ।
‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो । दिवस कै अवसरमा जिल्लाको बुद्धभुमि नगरपालिका वडा नं. ७ मानपुरमा स्वयंसेविकाहरुलाई झोला सहित सम्मान गरिएको हो ।
सो अवसरमा बोल्दै स्वास्थ्य स्वायंसेविका कृष्णवती देवी मिश्राले सम्मानले हामीलाई थप हौसला प्रदान गरेको बताउनुभयो । उहाँले सरकारले नै स्वयमसेविकाको कामलाई सम्मान गर्नु पर्ने उहाँको भनाई थियो । यो सम्मानले हामीलाई थप हौसल प्रदान गरेको उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्दै बुद्धभुमि नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु देव खनालले स्वास्थ्य संस्थाहरुमा हुने सम्पूर्ण गतिविधिमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले गर्भवती तथा सुत्केरी जाँच, बालबालिकाले लगाउने खोपका कार्यक्रम लगायतका विभिन्न कार्यक्रममा स्वयंसेविकाहरु अग्रस्थानमा रहेर काम गरेका बताउनुभयो । गाउँका घरघरमा हिँड्न तथा अत्यावश्यक सामग्री लिएर हिँड्दा झोला आवश्यक रहेकाले झोला वितरण गरिएको उहाँको भनाई छ ।
सो अवसरमा बोल्दै बुद्धभुमि नगरपालिका वडा नं. ७ का वडाध्यक्ष शालिकराम यादवले गाँउ देखि नगर सम्मको विकासका लागि स्वास्थ्य स्वायंसेविकाहरु महात्पूर्ण भुमिका रहेको बताउनुभयो । महिला स्वास्थ्य स्वयंसेविकाहरु समाजका परिवर्तनका संवाहक भएको बताउँदै आगामी दिनमा पनि स्वयंसेविकाहरुको प्रोत्साहन तथा सम्मान कार्यक्रम गर्ने बताउनुभयो ।
बुद्धभुमि नगरपालिकाले प्रोत्साहन स्वारुप प्रत्येक बर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । सम्मान पाएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरु खुसी भएका छन् । कार्यक्रमको सञ्चालन मानपुर स्वास्थ्य चौकीका प्रमुख बसन्त बहादुर कब्दारले गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया !