कपिलवस्तु, मंसीर २१ गते ।कपिलबस्तुको तौलिहवास्थित कपिलबस्तु रोयल थाई कुदान १ दिने निःशुल्क आंखा शिविर सम्पन्न भएको छ । रोयल थाइ मोनाष्ट्री लुम्बिनी र स्वर्णभुमि फाउण्डेशनको सहयोग तथा तिलगंगा आंखा अस्पताल काठमाडौंको समन्वयमा भएको हो । आयोजित शिविरमा ९ सय ५० जनाले आंखाका विरामीले आंखाको जांच गरिएको छ ।
बिपन्न, गरिब, असहाय जनताहरुको लागी थाइ सरकारको सहयोगमा यस्ता खालका कार्यक्रम संचालन गरिएको समाजसेवी राजेश ज्ञवालीले बताउनुभयो । संचालन गरिएको १ दिने निशुल्क आंखा शिविरमा आंखाको चेकजांच गरेमध्ये करिब एक सय ८० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिने उहाँको भनाई छ ।
शिविरमा तिलगंगा आंखा अस्पतालकी डा.रुपा लुईटेले चेकजाँच गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया !