बाणगंगामा मालपोत र नापी कार्यालयको शाखा बिस्तार गरिएकोमा कपिलवस्तुमा बिरोध सुरु
कपिलवस्तु १२ पुस । कपिलवस्तुको बाणगंगा नगरपालिकामा सरकारले मालपोत तथा नापी कार्यालयको शाखा बिस्तार गरेमा कपिलवस्तुमा बिरोध सुरु भएको छ ।
सरकारले गत पुस ९ गते मन्त्रीपरिषदको निणयबाट तौलिहवा स्थित जिल्ला मालपोत र नापी कार्यायको अधिनमा रहेको कार्यालयको क्षेत्राधिकार घटाउदैं बाणगंगा नगरपालिकामा मालपोत तथा नापी कार्यालयको शाखा बिस्तार गर्ने निर्णय सार्वजनिक भए लगत्तैै त्यसको कपिलवस्तुमा बिरोध सुरु भएको हो ।
बिस्तारको निर्णय गरिएको शाखामा बाणगंगा सहीत कुन कुन पालिकाको सेवा प्रवाह त्यहाबाट गर्ने हो त्यस बारे अझै कुनै बिबरण सार्वजनिक गरिएको छैन । कपिललस्तु क्षेत्र नम्बर १ का सांसद तथा भुमी सधार तथा सहकारी मन्त्री बलराम अधिकारीको पलहमा बाणगंगामा मालपोत र नापी कार्यालयको शाखा बिस्तार भएको हो ।
जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्य समिति सो निर्णयको बिरोधमा उत्रेको हो । सो निर्णयको बिरोधमा जसपा नेपालका जिल्ला अध्यक्ष शैेलेन्द्र कुमार यादव, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, पार्टी नेता अब्दुल रसिद खाँ, नेतृ साधिका यादव, वडाध्यक्ष मोहम्मद जाहिद खा सहीतको टोलीले प्रजिअ बिश्व प्रकाश अर्याल मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
नेपाल सरकार मन्त्री परिषद्को निर्णय अब्यवहारिक र अपायक तथा सदरमुकाम तौलिहवालाई हल्का बनाउने अध्यक्ष यादवले बताए । ‘यो निर्णयले शुद्धोधन, मायादेबी, बुद्धभुमीकाबासीहरु समेत समस्यामा पर्ने देखिएको छ’ उनले भने ।
मायादेबीको पकडी कृष्णनगर र महाराजगंजमा समेत शाखा खोलिए हामीलाई त्यसमा कुनै आपत्ति हुने छैन’ उनले भने ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बाणगंगा नगरपालिकालाई मात्र लक्षित गरी मालपोत र नाापी कार्यालय लैजानु दुःखद कुरा भएको बताए । उनले यो निर्णयलाई सरकारले पुनर बिचार गर्नु पर्ने बताए ।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष जाहिद खाँले निर्णय अब्यवहारिक रहेकोले सरकारले अबिलम्ब फिर्ता गरी नया तरिकाले जानु पर्ने बताए ।
ज्ञापन पत्रमा वाहालवाला मन्त्री आफ्नो घरदैलोमा कार्यालय सार्ने कार्य जन बिरोधी भएको उल्लेख गरिएको छ । यो निर्णय अबिलम्ब नसच्चाइए पार्टी चरणबद्धरुपमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । पार्टीले बर्षौै देखि गाउ ब्लक मिन्ही डिही जग्गाको लालपुर्जा उपलब्ध गराउन माग समेत गरेको छ ।































