किशोरी समूहका सदस्यहरुलाई ३ दिवसीय क्षमता अभिबृद्धि तालिम
कपिलबस्तु, पुस १४ गते । कपिलबस्तुमा किशोरी समूहका सदस्यहरुलाई ३ दिवसीय क्षमता अभिबृद्धि तालिमको शुरुवात गरिएको छ । दलित सामाजिक विकास केन्द्रको आयोजना र यु एस ए आईडि, सिभिल सोसाईटि एण्ड मिडिया तथा एसिया फाउण्डेसनको आर्थिक एवम् प्रविधिक सहयोग भई रहेको छ । कृष्णनगरको वडा नं. ६, ७, ८ र ९ मा सञ्चालित सार्वजनिक स्थानमा किशोरीहरुको सहभागिताका लागि सक्षम बनाउने वातावरणको सृजना (अभ्यास) परियोजना अन्र्तगत १६ वटा समूहका ३२ जना किशोरीहरुलाई क्षमता अभिबृद्धि तालिम संचालन भएको छ ।
तालिमको उद्घाटन दलित सामाजिक विकास केन्द्रका अध्यक्ष सुरजमती पासीले गर्नु भएको थियो । ३ दिने तालिमको सहजीकरण लुम्विनी बौद्ध विश्व विद्यालयका प्रोफेसर संजय कुमार पासी र सामाजिक अभियन्ता गोविन्द धवल गर्ने परियोजना संयोजक रिखिराम हरिजनले बताउनुभयो ।
तालिममा किशोरीहरुको क्षमता वढाउनुका साथै नेतृत्व विकास गर्ने, किशोरीहरुको निर्णय, समुदाय, वडा हुदै पालिकाको पहुँचमा बृद्धि हुने, किशोरीहरु आफ्नो इच्छा अनुसार स्वतन्त्र रुपमा हिडडुल गर्न, आफ्नो उमेर अनुसार स्वयं निर्णय गर्न सक्ने, पढाईको बारेमा स्वयं निर्णय गर्न योग्य हुने र सांस्कृतिक तथा सामाजिक परम्परागत हानिकारक अभ्यास बिरुद्ध बोल्न सक्षम बनाउने परियोजना संयोजक हरिजनको भनाई छ । तालिम कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ बालापुरमा भई रहेको छ ।































