लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ
कपिलबस्तु, पुस १४ गते । कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मीनगरबाट प्रहरीले लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका ३ झण्डेनगर बस्ने २० वर्षिय आशिफ शाह रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले बताउनुभयो । शाहलाई कृष्णनगर ३ लक्ष्मीनगर स्थितमा पैदल हिड्दै गरेको अवस्थामा शंका लागि चेक जाँच गर्ने क्रममा पक्राउ गरिएको उहाँले बताउनुभयो ।
उनले लगाएको कालो रङको ज्याकेटको दाँया तर्फको बाहिरी साईड गोजीमा कालो प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल १ ग्राम ५० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित पक्राउ गरिएको उहाँको भनाई छ ।
शाहलाई ब्राउन सुगर मुद्दामा कपिलवस्तु जिल्ला अदालतबाट म्याद थपि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































