कपिलबस्तु, पुस १६ गते । तौलिहवा उद्योग वाणिज्य संघले शाखाको नाममा कार्यालय सार्ने विरुद्धमा जिल्ला प्रशासन कार्यालय मार्फत भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष गायादिन कुर्मी, महासचिव देबेश जयसवाल, कोषाध्यक्ष बृजेश भटरा लगायतको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा अवस्थीत मालपोत तथा नापी कार्यालयको शाखा कार्यालय बाणगंगा नगरपालिकामा स्थापन गर्ने मन्त्री परिषतको निर्णयले हाम्रो गम्भीर ध्यानर्कषण भएको छ । ऐतिहासिक तथा पुरातत्वयीक रुपले परिचत कपिलवस्तु जिल्ला सदुरमुकामको अस्तीत्व माथि प्रहार हुने सुनियोजित निर्णयलाई फिर्ता लिन जोडदार माग गर्दछौ ।
कपिलवस्तु जिल्ला सदुरमुकाम तौलिहवाको मुख्य बजार क्षेत्रका जग्गाहरु बालबिटोरी (बजारब्लक) जग्गाको रुपमा कायम रहेको र यहाको नागरिकहरु आफ्नो जग्गाको स्वामित्वको जग्गा धनी लालपुर्जा बिहिन रहेको विषयलाई लिएर यस संघको अगुवाईमा लालपुर्जा उपलब्ध गराईदिनुका लागी पटक पटक बुझाईएको ज्ञापन पत्रभएपनि हाल सम्म आम नागरिकको समस्या समाधान तिर कुनै ध्यान नजानु र आफ्नै गाउ घर तिरको मात्र एक तर्को कार्य व्यवस्थापनमा मात्र लाग्नु माननीय मन्त्री ज्युको पहल आम नागरिकको समस्या प्रति गैर जिम्मेदार रहेको हाम्रो बुझाई रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
यस कपिलवस्तु जिल्ला सदुरमुकाम मा रहेको मालपोत तथा नापी कार्यालय बाट प्रभावकारी सेवा तिर पहल नथा त्यहाँ बाट यस तौलिहवा बजार क्षेत्र लगायतका आम नागरिक लाई बाल बिटोरी बजार वल्क का जग्गाको पुर्जा उपलब्ध गराउन हुनका लागी हार्दिक अनुरोध गर्दछौ ।
अत ः हाम्रो माग सम्बोन्धन नभएको खण्डमा विरोध कार्यक्रममा जाने चेतावनी समेत दिइएको छ ।