कपिलबस्तु, पुस २८ गते । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कपिलवस्तुले खोरेत रोग नियन्त्रणको उद्देश्यले एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मार्फत ३९ जना भ्याक्सिनेटरलाई परिचालन गरिएको छ ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल, पशु पक्षीं तथा मत्स्य विकास निर्देशनालयका अधिकृत शोभाकर खनाल र पशुसेवा विज्ञ केन्द्रका प्रमुख प्रवेज आलम लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जनार्दन अधिकारीले खोरेत रोगको नियन्त्रणले पशुपालनमा सकारात्मक प्रभाव पार्ने र कृषकहरूको आर्थिक स्थितिमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । पशुसेवा विज्ञ केन्द्रका प्रमुख प्रवेज आलमले खोरेत रोगका लक्षण, यसको प्रभाव, र रोकथामका उपायबारे जानकारी गराउँदै यस अभियानलाई प्रभावकारी बनाउन सहकार्य जरुरी रहेको बताए ।
कृषि ज्ञान केन्द्रका प्रमुख भाष्कर पौडेलले भ्याक्सिनेटरहरूको भूमिकालाई महत्त्वपूर्ण मान्दै, उनीहरूको दक्षता र तालिमले अभियान सफल हुनेमा जोड दिनुभयो ।
यो अभियानले जिल्लाका विभिन्न क्षेत्रका पशुहरूलाई खोरेत रोगको खोप लगाउने लक्ष्य राखेको छ । कार्यक्रममार्फत भ्याक्सिनेटरहरूले रोग पहिचान, खोप व्यवस्थापन, र पशुमा खोपको सही तरिका प्रयोगबारे प्रशिक्षण प्राप्त गरेका छन् ।
भेटेरेनरी अस्पतालले यो अभियानले जिल्लामा पशु स्वास्थ्यको अवस्था सुधार्न ठूलो योगदान पु¥याउने विश्वास लिएको छ ।
तपाईको प्रतिक्रिया !