कपिलबस्तु, माघ २ गते । कपिलवस्तुको तौलिहवा स्थित बुद्ध पदम माध्यमिक विद्यालयको खेल मैदानमा मैदानमा हिरो कप सिजन ३ खुल्ला नक आउट क्रिकेट प्रतियोगीता सुरु भएको छ ।
प्रतियोगीताको कपिलवस्तु नगरपालिका १ का वडाध्यक्ष मोहम्द जाहिद खांँ, तौलिहवा उद्योग बाणिज्य संघका उपाध्यक्ष संदीप श्रीवास्तव, समाजसेबी प्रदीप अग्रहरीले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
हिरो मोटरसाईल सिजि ग्रुप सहीत बिभिन्न दाताहरुको सहयोगमा संचालित प्रतियोगीतामा कुल २४ टीम सहभागी छन । उक्त क्रिकेट प्रतियोगीता ८ दिन सम्म चल्नेछ ।
प्रथम हुनेलाई नगद ५० हजार र कप तथा उप बिजेतलाई नगद २० हजार प्रदान गरिने छ ।
तपाईको प्रतिक्रिया !