कपिलवस्तु, माघ २ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवा स्थित नारी शिल्प कला केन्द्रको नव निर्मित भवन र छोटो अवधीको प्राविधिक तालिमको सयुक्त रुपमा उद्घाटन गरिएको छ । ४६ बर्ष अघि स्थापना गरिएको केन्द्रको नया भवन निर्माण गरिएको हो ।
गोर्खा बु्रहरी सहीत कपिलवस्तु नगरपालिका ३ वटा वडाको सहयोगमा झन्डै ६७ लाख बढीको लागतमा भवन निर्माण गरिएको हो । भवन र अल्पकालीन तालिमको पानसमा दीप प्रज्जवलित पछि रिबन काटेर लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उदघाटन गरेका हुन ।
सो अवसरमा मन्त्री कार्कीले नारी शिल्पकलामा थप भौतिक संरचना निर्माणमा प्रदेश सरकार र पालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उनले सिटिभिटीबाट तालिम ल्याएर अल्पकालीन तालिम संचालन गरेकोमा केन्द्रले राम्रो काम गरेको बताए ।
सो अवसरमा पुर्व मन्त्री तथा भारतका लागि पुर्व नेपाली राजदुत दीप कुमार उपाध्यायले केन्द्रको भवन निर्माण गरेकामा बधाई दिदै यसलाई थप सशक्तरुपमा अघि बढाउनु बताए । उनले महिलालाई सशक्त बनाउनु पर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले नारी शिल्कला केन्द्रमा तल्ला थप्न आफ्नो संसदीय बजेटमा १० लाख बिनियोजन गरेको बताए । उनले केन्द्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले केन्द्रसंग पालिकाले सहयकार्य गर्ने बताए । उनले केन्द्रको संरचना निर्माणमा समेत पालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका ३ का वडाध्यक्ष प्रकाश गैरे, गैसस महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, केन्द्रकी पुर्व अध्यक्ष माधुरी श्रेष्ठ लागयतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा केन्द्रको भवन निर्माण सहयोग गर्ने वडा, दाता र ब्यक्तिलाई सम्मानित समेत गरिएको थियो । केन्द्रका सल्लाहकार राजु प्रसाद अर्यालले २०३५ सालमा स्थापना भएको केन्द्रको नया भवन ६६ लाख ८६ हजारमा निर्माण गरिएको विबरण प्रस्तुत गरेका थिए ।
केन्द्रले सिटिभिटीले प्रदान गरेका ब्युटीसियन, सिलाई कटाई र बालविकास केन्द्रको मन्टेश्वरी तालिम समेत संचालन गर्ने तयारी अघि बढाएको छ । सो अवसरमा केन्द्रकी अध्यक्ष मिथुला उपाध्यायले केन्द्रको नया भवन निर्माणमा सबैले साथ दिएको र आगामी दिनमा समेत साथ दिन आग्रह गर्नुभयो ।
कार्यक्रम केन्द्रकी अध्यक्ष उपाध्यायको अध्यक्षता र केन्द्रकी उपाध्यक्ष जुनु श्रेष्ठको संचालनमा भएको थियो ।
तपाईको प्रतिक्रिया !