सामुदायिक विद्युत वितरक संस्थाको १६ औं वार्षिक साधारण सभा
कपिलबस्तु, माघ २६ गते । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विष्णु पन्थीले सामुदायले चलाएको धेरै चिज सरकारले चलाएको भन्दा राम्रो रहेको बताउनुभयो । सामुदायले सञ्चालन गरेको कुरा लागत, व्यवस्थापन र सेवाको दृष्टीकोणले धेरै राम्रो रहेको उहाँको भनाई छ । उहाँले सामुदायिक विद्युत वितरक संस्था निग्लिहवाको १६ औं वार्षिक साधारण सभा तथा अधिबेशको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
सामुदायले सञ्चालन गरेको कुरा लागत, व्यवस्थापन र सेवाको दृष्टीकोणले धेरै राम्रो रहेको उहाँको भनाई छ । यसले सामुदायमा धेरै राम्रो सेवा पुर्याएको र यसले आझै आउने दिनमा भएका कमि कमजोरीहरुलाई सच्चाएर जानु पर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले यो सामुुदायिक संस्थाले समुदायमा राम्रो काम गरेको बताउनुभयो । उहाँले संस्थाले आउने दिनमा अझै प्रगति गरोस् बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अब्दुल रसिद खाँले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । २०६० सालमा स्थापना भई २०६२ साल देखि सेवा शुभारम्भ गरको संस्थामा नगरपालिको वडा नम्बर ९, १०, ११ र ६ का १ हजार १ सय १७ जना उपभोक्ता रहेका अध्यक्ष खाँले बताउनुभयो । कार्यक्रममा गत आबको ८८ लाख ३४ हजार २४ रुपैया पैसा १३ को आय ब्यय प्रस्तुत गरिएको थियो । नेपाल बिद्युत प्राधिकरणबाट बिद्युत किनेर समुदायलाई संस्थाले बेच्ने गरेको छ । प्राधिकरणसंग प्रति युनिट ६ रुपैया २५ पैसाका खरिद गरी उपभोग अनुसार १३ रुपैया प्रति युनिट सम्म बिक्री गर्ने गरेको छ । २० युनिट सम्म खपत गर्ने ग्राहकलाई भने ३० रुपैया मात्र लिने गरेको छ । संस्थाकी कोषाध्यक्ष देवी भण्डारीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष खाँको अध्यक्षता सचिव शिवपुजन यादवको संचालनमा भएको कार्यक्रममा समाजसेवी ललित गुरुङ, कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपक कुमार गुरुङ, वडा नं. १० का वडाध्यक्ष मोहनलाल शर्मा, वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादव, ऋषिराम पौडेल, साना किसान कृषि सहकारी संस्था निग्लिहवाका प्रबन्धक बसन्त मुराउ, देबेन्द्र पोख्रेल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।































