महासंघको बैठक धुलिखेलमा शुरू
ललिता साह माघ २८ काभ्रेपलाञ्चोक
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको पहिलो कार्यमूलक बैठक सोमबार काभ्रेपलान्चोकको धुलिखेलमा प्रारम्भ भएको छ ।
नेपाल पत्रकार महासंघको नव निर्वाचित अध्यक्ष निर्मला शर्मा को अध्यक्षतामा माघ २८ २९ गते चल्ने बैठकले नव निर्वाचित कार्यसमितिले अबको तीन वर्षमा नेपाली पत्रकारिताको नितिगत तहदेखि एकएक श्रमजिवी पत्रकारको समस्य सम्बोधन गर्ने गरी बैठकले सम्पूर्ण कार्ययोजना प्रस्तुती गर्ने नेपाल पत्रकार महासंघको महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।
पत्रकार महासंघको नेतृत्व स्वस्थ तवरले नेतृत्वदायि भूमिका निर्वाह गरी पत्रकारिता क्षेत्रको हरेक एजेण्डामा पारदर्शी भएर सदस्यता शुद्धीकरण अभियानलाई समेत निरन्तरत अगाडी बढाउने उनले थपे ।
योसँगै अवको तीनवर्ष महासंघ निती र विधिमा टेकेर अघि बढ्नेमा सचेत रही नेपाली पत्रकारितालाई प्रविधि र विकासीय पत्रकारिताको रूपमा प्रभावकारी बनाउने प्रस्ताव सहित धुलिखेल घोषणापत्र पारित गर्दै दुई दिने बैठक मंगलबार सकिने नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको अध्यक्ष विनोद न्यौपानेले बताए ।































