निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय बढीले लिए सेवा
कपिलबस्तु । जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ३, बसन्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवामा ३ सयभन्दा बढी नागरिकहरूले लाभ लिइएक छन् ।
शिविरमा महिलाहरूको पाठेघर जाँच, दाँतसम्बन्धी परीक्षण, रक्त शर्करा (सुगर) तथा हेमोग्लोबिन परीक्षण, सरुवा रोग, टाइफाइड, मलेरिया परीक्षण, रगत तथा पिसाब परीक्षण लगायतका सेवाहरू प्रदान गरिएको थियो । साथै, बिरामीहरूलाई निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।
स्वास्थ्य जाँच तथा उपचारका लागि डा. सरदानन्द चौधरी, डा. पंकज चौधरी, डा. सुरज जैसवाल लगायतका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो । कार्यक्रममा वडाध्यक्ष सरिता त्रिपाठी, वडा सचिव मोहम्मद हालिम मुसलमान, वडा सदस्यहरू लगायत स्थानीय जनप्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।
शिविरबाट लाभान्वित भएका स्थानीय बासिन्दाहरूले यस्ता कार्यक्रमहरूले गाउँगाउँमा स्वास्थ्य सेवा सहज बनाउने भन्दै खुशी व्यक्त गरेका छन् । यस निःशुल्क स्वास्थ्य शिविरले नागरिकहरूलाई आवश्यक प्राथमिक उपचार तथा स्वास्थ्य परामर्श प्रदान गर्दै स्थानीयस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।
स्वास्थ्य सेवाका लागि हरदेवा, बसन्तपुर, लोहरौली, बहडिलवा, पोखरभिटवा, भडेहर, सेमरहवा, दलदलह लगायतका गाउँबाट सेवाग्राहीहरू आएका थिए ।































