कपिलवस्तु २ फागुन
तौलिहवा स्थित सिद्धार्थ बिद्यामन्दिर बोर्डिङ स्कुलमा बिद्यार्थीहरुले पढाईसंगै ब्यवहारिक ज्ञान र सिप बढाउन शुक्रवार खाना महोत्सव गरेका छन । पढन लेख्न र खेलेर रमाउने उनीहरुले बिद्यालयमा खानाका बिभिन्न परिकार बनाई महोत्सव गरेका हुन ।
बिद्यालयमा यस्तो खाना महोत्सव गरेको तेश्रो हो । महोत्सव अन्र्गत बोर्डिङमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत बिद्यार्थीहरुले खानाको बिभन्नि परिकार बनाई प्रर्दशन गरेका हुन । महोत्सवमा ८ समुहले बिभिन्न खानाका परिकार बनाई प्रर्दशन समेत गरेका थिए । बोर्डिङ स्कुलका प्राचार्य विकास अर्यालले बिद्याथीहरुलाई सिप, सामुहिकता र ब्यवस्थापनको ज्ञान दिन यो कार्यक्रम गरिएको बताए । उनले घरमा आफना आमा बुवालाई समेत सघाउने गरी पाक शिक्षा तर्फ समेत अग्रसर रहन यो कार्यक्रमले भुमिका खेल्ने बताए ।
पढाईसंगै अतिरिक्त क्रियाकलाप अन्र्गत खाना महोत्सव गरिएको बिद्यालयका संचालक तुलसा गैरले बताईन । ८ समुहले हिमाल पहाड र तराईका बिभिन्न परिकारहरु बनएका थिए । मुस्लिमको सेवाई, थारुको ढेकरी, फारा, नेवारको चुकौनी र यमरी, तराईको छोले भटुरे, रिकवच, पहाडको कोदो रोटी लगातयका परिवाहर बिद्यार्थीहरुले पकाएका थिए ।
पुलाउ, पनिरको तरकारी , पुडी ,सलाद, भात, लालमन लगायतका परिकारहरु पकाएर प्रर्दशन गरेका थिए । उनीहरुले आवश्यक पर्ने भाडा कुडा, सामाग्रीहरु आफै ब्यवस्थापन गरेका थिए । समुह मिलेर बिभिन्न परिकारहरु पकाएर अतिथी, बिद्यालयका शिक्षकहरुलाई परिकारका स्वाद समेत चखाएका थिए । पाहुनाहरुले खाए पछि आफुले समेत खाएका थिए ।
कार्यक्रममा बिद्यार्थीहरुको उत्साहजन सहभागीता थियो । कार्यक्रममा सहभागी हुन पाउदा बिदार्थीहरु निकै खुशी देखिन्थे ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत पुनाराम पौडेल, बरिष्ठ साहित्यकार हरिराज शर्मा, पार्वती शर्मा, टीकारमा अर्याल लगायतको सहभागीता थियो ।
टोलीले बिद्यार्थीहरुले बनाएका खानाका परिकारहरुको स्वाद लिएका थिए । नगर प्रमुख पौडेलले बिद्यार्थीहरुको यो प्रयास अति राम्रो रहेको बताए । ‘ बिद्यार्थीहरुले सबै परिकारहरु मीठो बनाएका छन, खादा आनन्द आयो ’ उनले भने । सबै बिद्यालयहरुको यस्ता रचनात्मक र ब्यवहारिक कुरा बिद्यार्थीहरुलाई सिकाउनु पर्ने उनले बताए ।
प्रमुख प्रशकीय अधिकृत पौडेलले बिद्यार्थीहरुको बनाएको खाना निकै स्वादिलो रहेको बताए । उनले हिमाल पहाड र तराईका परिकारहरुको स्वाद लिन पाउदा मन आन्दीत भएको उनले बताए ।
बिजयी हुने टोलीलाई बिद्यालयले बार्षिक उत्सवमा पुरस्कुत समेत गरिने छ । बिजेता घोषित गर्न बिद्यालयले मुल्यांकन समिति समेत बनाएको छ । बिद्यालयमा आगामी दिनहरुमा यस्ता ब्यवहारिक र सीपमुलका कार्यक्रम समते संचालन गरिने बिद्यालयले जनाएको छ ।