कालिका स्वावलम्बन सामाजिक केन्द्रको सामाजिक परिक्षण
कपिलवस्तु, फागुन ४ गते । कालिका स्वावलम्बन सामाजिक केन्द्रको सामाजिक परिक्षण तौलिहवामा संपन्न गरिएको छ ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले विकासको हरेक सुचकांकमा पछि परेको कपिलवस्तुको सामाजिक विकासमा कालिकाको महत्वपुर्ण योगदान गरेको बताए । उनले यो संस्थासंग आफु ३ बर्ष देखि संपर्कमा रहेको भन्दै पारदर्शीहरुपमा काम गर्नु राम्रो भएको बताए ।
उनले स्वास्थ्य र शिक्षमा जिल्ला निकै कमजोर रहेकोले यसलाई सबै मिलेर अघि बढाउनु पर्ने बताए । सो अवसरमा जिल्ला समवन्य अधिकारी जर्नादन अधिकारीले दोहोरोपन हटाई काम गर्नु पर्ने बताए । उनले सबै मिलेर जिल्लाको सामाजिक विकास गर्नु पर्ने बताए ।
कार्यक्रमममा गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेयले ३ दशक लामो ईतिहास बाकेको कालिकाले जिल्लामा निकै राम्रो काम गरेको बताए ।
सो अवसरमा पत्रकार महासंघकमा पुर्व अध्यक्ष किरणमान बज्राचार्यले कालिकाले पत्रकारहरुसंग समन्वय गरी काम गरेकोे भन्दै प्रसंसा गरे । कार्यक्रममा संचारकर्मी तथा पत्रकार महासंघका उपाध्यक्ष खग प्रसाद चापागाईले सहजकर्ताको भुमिका निभाउदै स्थलगत रुपमा सेवाग्राही र सरोकारवालाले दिएको सुझावका बिषयमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सस्थाद्धारा संचालित आधारभूत स्वास्थ्य परियोजना सुधारिएको खाद्य प्रणाली परियोजना, पोषण मार्फत जिवन रुपान्तरण परियोजना, गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम, खाद्य सुरक्षामा सामुदायीक रूपान्तरणको लागि पैरवी कार्यक्रम, किशोर किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभियानको सवलिकरण परियोजनाका परियोजनाको संयोजकले परियोजनाका बिषयमा प्रस्तुतीकरण गरेका थिए ।
संस्थाका अध्यक्ष मंदीप सिंहको अध्यक्षता र सचिव शान्ता पौडेलको संचालनमा भएको थियो ।































