भीरको ओढारबाट ४ थान भरुवा बन्दुक बरामद
रुकुम पूर्व ः जिल्लाको सिस्ने गाउँपालिका वडा नं. ४ दादिङस्थित गवद भीरको ओढारबाट ४ थान भरुवा बन्दुक बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरी टोलीले ओढारमा लुकाएर राखिएको बेवारिसे भरुवा बन्दुक बरामद गरेको हो।
भरुवा बन्दुक शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको जनाएको छ। यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























