कपिलवस्तु १६ फागुन
तौलिहवा स्थित रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयका पुर्व बिद्यार्थिहरुको भेलाले राजेश ज्ञवालीको अध्यक्षतामा भुतपुर्व बिद्यार्थी समाजको तदर्थ समति गठन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानुल्लाह खानको अध्यक्षत तथा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल र प्रअ दिवाकर चौधरी सहभागीतामा समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा गंगाधर आचार्य, सचिवमा राम सेवक यादव, कोषाध्यक्षमा कमला सापकोटा रहेका छन । यस्तै सदस्यहरुमा रत्नाकर शुक्ला मोहमद मुस्तफा छन ।
यस्तै भेलाले सुदीप पौडल, रामआषिष पाण्डेय, मानुल्ला खाँ, दिवकाकर प्रसाद चौधरी, दयाशंकर केवटको सल्लाहकार समिति समेत निर्माण गरेको छ । भेलाले ६ महिना भित्र पुर्व बिद्यार्थीको बृहत बेला समेत गर्ने निर्णय गरेको छ । सो अवसरमा नगर प्रमुख सुदीप पौडेलले आफु पढेको बिद्यालयमा पुर्व बिद्यार्थीहरुको समिति गठन भएकोमा खुशी ब्यक्त गरे ।
उनले बिद्यालयका शैक्षिक र भौतिक विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धा ब्यक्त गरे । सो अवसरमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानुल्लाह खाले बिद्यालयको विकासमा यो समितिले सहयोग गर्ने बताए ।