दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्ड कपः थ्रीस्टार सेमिफाइनलमा प्रवेश
कपिलवस्तुको बाणगंगास्थित बुद्ध रंगशालामा जारी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा थ्रीस्टार प्रवेश गरेको छ।
शुक्रबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन हनामीलाई टाईब्रेकरमा ४–२ गोलले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको निर्धारित समयमा १–१ गोलले बराबरी भएपछि खेल टाईब्रेकर पुगेको थियो। खेलको पहिलो हाफ दुवै तर्फबाट कुनै गोल हुन सकेको थिएन। ६४ औं मिनेटमा आशिस गुरुङले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए। अश्विन तामाङले खेलको ७६औं मिनेटमा गोल गरेर हनामीलाई खेलमा फर्काएपछि खेल टाईब्रेकरमा पुगेको थियो।
टाईब्रेकरमा थ्रीस्टारका लागि मुकुन्दकुमार निउरी, गौरब महर्जन, आशिस गुरुङ र सुवित कार्कीले गोल गरे भने भगवत चौधरीको प्रहार हनामीका गोर रक्षक मनोज गुरुङले राकेका थिए। हनामीका लागि नरेन्द्र चौधरी र आयुस मगरले मात्र गोल गरे भने जय गुरुङ र दिपेश गुरुङको प्रहार थ्रीस्टारका गोल रक्षक आशिस ठाडा मगरले रोकेका थिए। दुई गोल रोकेका थ्रीस्टारको जितमा नायक बनेका आशिस नै ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
म्यान अफ द म्याच पुरस्कारको सौजन्य एग्रीवस्तु प्रालिले गरेको छ। आइतबार सेमिफाइनलमा थ्रीस्टार संकटा एफसीसँग भिड्ने छ। शनिबार दिउँसो ३ बजे जोन्जी एफसी सिक्किम र नेपाल पुलिसबीच खेल हुने छ। जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा भएको यस प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुसिल सिंह ठकुरीले जानकारी दिए।
फागुन १४ गतेदेखि जारी भएको गोल्डकपको फाइनल २१ गते हुने छ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













