काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले क्लिनिकल रजिस्ट्रार पदमा कर्मचारी आह्वान गरेको छ ।

महाराजगञ्जले सोमबार एक सूचनामार्फत अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो ।

बालरोग, सामान्य चिकित्सा, रेडियोलोजी, एनेस्थेसियोलोजी, मानसिक रोग र जनरल सर्जरी विभागमा जम्मा ७ जना करारमा नियुक्तिका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका २१ वर्ष भई ४५ वर्ष उमेर ननाघेका इच्छुक उम्मेदवारले फागुन २६ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।