काठमाडौँ। जनकपुरमै पांग्रा छोडेर आएको बुद्ध एयरको जहाज काठमाडौँ अवतरण भएको छ ।

बिहीबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा जहाजको पांग्रा हराएको हो ।

बुद्ध एयरको एटीआर ७२ जहाज अगाडिको एउटा पांग्राबिना नै जनकपुरबाट उडान भरेको थियो । जहाजको पांग्रा नभएकोबारे चालक दलका सदस्यहरूलाई काठमाडौँ ल्याण्ड हुने बेलामा मात्र जानकारी भएको हो ।

जनकपुर विमानस्थलमा जाँच गर्दा पांग्रा धावनमार्गमै फेला परेको र यो विषयमा अनुसन्धान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  उक्त जहाजमा ६२ यात्रु रहेका थिए ।