होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५२ जना प्रहरीको नियन्त्रणमा
कपिलवस्तु चैत १ गते । होलीमा उच्छि«ङखल गतिबिधि गरेको आरोपमा प्रहरीले ५२ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै १ सय २२ मोटरसाईकललाई कारबाहीमा समेत गरेको छ ।
होलीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने होहल्ला गर्ने, इच्छा बिपरित रंग चल्ने, स्टन्ट देखाउने, मोटरसाईकलको स्वरुप परिवर्तन गर्ने, उत्तेजना देखाउनेलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीले बताए । सबै भन्दा बढी चन्द्रौटा, तौलिहवा र पिपरामा मानिस र मोटरसाईकल कारबाहीमा परेको उनले बताए ।
नियन्त्रण्मा लिइएका ब्यक्ति र सवारी साधनलाई ट्राफिक नियम अनुसार कारबाही गरिएको उनले बताए । संभावित घटना र दुर्घटना रोक्न नै प्रहरीले होलीमा यो अभियान चलाएको बताए । होली आउन १५ दिन देखि नै आफुहरुले मादक पदार्थ सेवन गरी सवारी नचाउन, २ जना भन्दा बढी नराख्न सुचना जारी गरेको उनले बताए ।
अटेर गर्नेलाई कारबाही गरिएको उनले बताए । होलीका अवसरमा जिल्लामा अप्रिय घटना भने नभएको प्रहरी उपरिक्षक निरंजनदत्त भट्टले बताए । नियन्त्रणा लिइएका ब्यक्तिलाई कसुरको मात्र हेरी कारबाही गरिने उनले बताए ।
































