कपिलवस्तु – बुद्धभूमि नगरपालिकाको ५ नं। वडा कार्यालयको आयोजनामा आउँदो चैत्र ४ गते ९सोमबार० वृहत निःशुल्क आँखा जाँच शिविर संचालन हुने भएको छ।

नगरकार्यपालिकाको कार्यालय हनुमानचोक, बुढ्ढी, कपिलवस्तुको समन्वयमा सञ्चालन हुन लागेको यो शिविर राजपुर सि।एल।सी। प्राङ्गण, बुद्धभूमि–५, चौंरी, कपिलवस्तु मा बिहान १०स्०० बजे देखि सुरु हुनेछ।

शिविरमा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंज, कपिलवस्तुको प्राविधिक सहयोग रहनेछ।

बुद्धभूमि नगरपालिकाका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमबाट आँखासम्बन्धी विभिन्न समस्या पहिचान गर्न तथा आवश्यक परामर्श, उपचार र निःशुल्क चश्मा वितरण समेत गरिने वडाध्यक्ष रोम बहादुर थापाले बताउनुभयो ।

नगरवासीलाई लाभान्वित बनाउन वडा कार्यालयले यस अवसरको भरपूर उपयोग गर्न आह्वान गरेको छ।