कपिलवस्तु ५ चैत । कपिलवस्तुको तौलिहवामा अपांगता भएका ब्यक्तिहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम संपन्न गरिएको छ । युएनएफपिएको सहयोग तथा किड्सको अयोजनामा कपिलवस्तु नगरपालिकाका १२ वटा वडामा रहेका अपांगहरुको सहभागीतामा कार्यक्रम संपन्न गरिएको हो ।

यौन तथा प्रजजन स्वास्थ्य अधिकारलाई अपांग मैत्री बनाउन कार्यक्रम गरिएको किड्सका कार्यकार िनिर्देशक कृष्ण द्धिबेदीले बताए । नमुनाकारुपमा कपिलवस्तु नगरपालिकालाई अपांग मैत्री घोषणाकालागि पहलकदमीकारुपमा यो कार्यक्रम राखिएको उनले बताए । बिभिन्न १० प्रकारका अपांगहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई समेत स्थापित गरी त्यसमा उनीहरुको पहुच आवश्यक रहेको युएनफपीएका लुम्बिनी प्रदेश प्रमुख राम थापाले बताए ।

बिभिन्न बाधा ब्यवधान र समाजको सोच कै कारण अपांगहरु यौन तथा प्रजनन स्वास्थय अधिकारबाट बंचित रहदै आएको उनले बताए । २ प्रतिशत बढी अपांगको जनसंख्या रहेको कपिलवस्तुमा अपांगहरु यौन तथा स्वास्थ्य अधिकारबाट बंचित रहका छन । भौतिक संरचना र सामाजिक परिबेशले उनीहरु यो अधिकारको पहुचबाट धेरै टाढा रहेका थापाले बताए । जिल्लामा मुस्लिम, युवायुवती, सिमान्तकृत समुदाय यौन तथा प्रजजन स्वास्थ्य अधिकारबाट बंचित छन ।

संबिधानले नै प्रदत्त अधिकार समेत अपांगहरुले उपभोग गर्न नभएको उनले बताए । समाजले हर्ने दृष्टिकोण नराम्रो रहेको, घर परिवार, अपांगहरु समेत खुलेर बाहिर आउन हिचकिचाउने तथा स्वास्थ्य संचरना समेत अपांग मैत्री नहुदा समस्या आएको उनी बताउछन । ‘ अपांगहरुको यौन तथा प्रजनन स्वास्थ अधिकार स्थापित गर्न बाधै बाधाहरु छन ’ उनले भने ‘ यो बाधाहरुलाई चिर्न यो कार्यक्रम राखिएको हो ’ उनले भने । स्वास्थ्यकर्मी र अपांग दुबैलाई राखेर कार्यक्रम गरिने उनले बताए ।

सो अवसरमा जिल्ला समन्वय प्रमुख बावुराम आचार्यले अपांगहरुको यौन तथा प्रजनन स्वास्थ अधिकार स्थापित गराउन यो कार्यक्रमले मद्दत मिल्ने बताए । उनले आफुले यो बिषयमा पालिकाहरुलाई समन्वय गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । सहजकर्ता रमा ढकालले स्वास्थ्य ऐन र संबिधानमा अपांगहरुको समेत यौन तथा प्रजजन स्वास्थ्य अधिकार उल्लेख रहेको बताईन ।

उनले अपांग मैत्री स्वास्थ्य सेवा र संरचना बनाउनु पर्ने, अपांगहरुलाई समेत यो अधिकारको पहुच बढाउनु पर्ने बिषयमा प्रस्तुतीकरण राखेकी थिईन । कार्यक्रममा कपिलवसतु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत पुनाराम पौडेल स्वास्थ्य कार्यालयमा प्रमुख गौरब ढकाल, स्वास्थ्य कार्यालयका परिवार नियोजन शाखाका फोकल पर्सन माहोम्द ईरफान लगायतको सहभागीता थियो ।