महुली लघुवित्त वित्तीय संस्थाको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम
कपिलबस्तु, चैत ७ गते । महुली लघुवित्त वित्तीय संस्थाले कपिलबस्तुको तौलिहवामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले गर्जो टार्न लिएको ऋणलाई उत्पादनको क्षेत्रमा लगाउनु पर्ने बताउनुभयो । उहाँले ऋण लिन सोच्नु पर्ने र ऋण लिइसकेपछि कसरी तिर्ने भन्ने विषयमा सिर्जनात्मक र उत्पादनमूलक काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्द जाहिद खाँले कृषिमा ऋण दिंदा अभिमुखीकरण गरेर कसरी परम्परागत कृषिलाई आधुनिकीकरण गर्ने तालिम दिएर, प्रशिक्षित गराइनु पर्ने बताउनुभयो । ऋण दिनेमात्र होइन ऋण लगानीको क्षेत्रमा तालिम र अनुगमनको व्यवस्था गरे खराब ऋण नहुने उहाँको भनाई छ । महुलीले गरेको कार्यहरु अत्यन्तै सरहनिय रहेको वडाध्यक्ष खांले बताउनुभयो ।
कार्यक्रममा महुलीका प्रमुख कार्यकारी अधिकृत सरोज कुमार सिंहले कुनै पनि संघ संसथाबाट ऋण लिदां घर परिवारमा सल्लाह गरेर लिनु पर्ने बताउनुभयो । कार्यक्रममा अनुगनम प्रमुख कृष्ण प्रसाद न्यौपानेले जुन उद्देश्यको लागि ऋण लिइन्छ त्यसैमा खर्च गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल चन्द्र पाल कुर्मीले सबैको सहयोग र सहकार्यले संस्था आगाडी बढ्दै गएको बताउनुभयो ।
अहिले समाजमा भइरहेको लघुवित्त माथि नकारात्मक धारणालाई प्रष्ट पार्न वित्तिय साक्षरता कार्यक्रमको आयोजनाका गरिएको संस्थाका शाखा प्रमुख भुपेन्द्र प्रसाद चौधरीले बताउनुभयो । उहाँले हामिले फिल्डमा गर्नु पर्ने क्रियाकलप कस्तो छ, हामीले के गर्दा भाविष्यमा राम्रो बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो । संस्थाले ३ करोड बढी रकम लगानी गरेको शाखा प्रमुख चौधरीले बताउनुभयो । संस्थामा विभिन्न केन्द, समुह लगायतको क्षेत्रबाट ९० लाख बचत रहेको छ । संस्थामा कुल ५ सय ८०जना सदस्यको अबद्धता रहेको छ । नेपालभर मुहलीको ३६ जिल्लामा ६४ वटा शाखा रहेको छ । कार्यक्रममा नियमित कर्जा भुक्तानी र नियमित बचत गर्ने अर्ति बढई, खगेन्द्र चौधरी र पुनिता कोहारलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो । कार्यक्रममा केन्द्र नं. १ की सदस्य श्वेता कार्कीको अध्यक्षतामा भएको हो ।































