काठमाडौं – नेपालमा पक्षघात (स्ट्रोक) उपचारमा प्रयोग हुने महँगो औषधि नि:शुल्क उपलब्ध गराउने व्यवस्था लागू गरिएको छ।

गत माघ ३ गते सरकारले नि:शुल्क उपलब्ध गराउने निर्णय गरेअनुसार, अब वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत सो औषधि प्राप्त गर्न सकिनेछ।

यसअघि महँगो भएकै कारण धेरैले उपचार पाउन नसक्दा ज्यान गुमाउनु पर्ने अवस्था आउँथ्यो। सरकारले यो व्यवस्था लागू गरेपछि अब उपचार अभावका कारण हुने मृत्युदर कम हुने विश्वास गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, यस पहलले पक्षघात भएका बिरामीहरूको शीघ्र उपचार सम्भव बनाउनुका साथै उनीहरूको जीवनरक्षामा महत्वपूर्ण योगदान पुग्नेछ।