कपिलबस्तु । साना किसान कृषि सहकारी संस्था लिमिटेड निग्लिहवाले सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । महिलाहरुलाई अत्मनिर्भर बन्ने उद्देश्यले तालिम दिईएको हो ।
तालिम समापनमा बोल्दै कपिलबस्तु नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेलले तिन महिना सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो सिकेको सिपलाई आफ्नो घरको खर्च बचाउने हुनुभएको बताउनुभयो । सिकको सिपलाई उपयोग गरी उद्यमी बन्नुका साथै अरुलाई रोगजगरी समेत दिनु पर्ने प्रमुख प्रशासमिय अधिकृत पौडेलको भनाई छ ।
कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष मोहन लाल शर्माले संस्थाले थोरै समयमा विभिन्न किसिमको रचनात्मक कार्य गर्दै आएको बताउनुभयो । आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न उहाँले आग्रह गर्नुभयो । वडाले पनि विभिन्न किसिमको सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा संस्थाका प्रबन्धक बसन्त मुराउले बहु प्रतिभा गुणि सिप लिएर मात्र हुदैं त्यसलाई प्रयोग गर्न जन्नु पर्ने बताउनुभयो । महिलाहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बनाउन सिलाई कटाई तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।
तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सुलोचना गौतमले गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया !