लुम्बिनी, चैत। बुद्वजन्मस्थल लुम्बिनीमा विहिबारदेखि लुम्बिनी शान्ति महाेत्सव शूरू भएकाे छ । लुम्बिनी स्थित बुद्वमाया गार्डेन हाेटलमा एक कार्यक्रम गरि महाेत्सव शुभारम्भ गरिएकाे हाे । सस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेकाे समुउपस्थितिमा महाेत्सव शुरूवात गरिएकाे छ ।
नेपाल स्थित चिनियाँ दूतावास, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयसँगको सहकार्यमा महाेत्सव गरिएकाे हाे । कार्यक्रममा लुम्बिनी विकास काेषका उपाध्यक्ष डा. ल्याहारक्याल लामा (खेन्पाे छिमे छिरिङ ) ले लुम्बिनी बुद्वकाे जन्मस्थलसंगै शान्ति र सदभावकाे पवित्र स्थल रहेकाे बताए ।
विश्वभरका डेढअर्ब बाैद्वमागर्गीहरू जीवनमा एकपटक लुम्बिनी त्तउन चाहने बताउदै यसकाे प्रचार-प्रसारका लागि चिनकाे सहयाेगकाे अपेक्षा गरे । उनले लुम्बिनीलाई लक्षित गरि निर्माण भएकाे गाैतमबुद्व विमानस्थलमा चिनका विभिन्न प्रदेशबाट उडानकाे व्यवस्था मिलाउन आग्रह गरे । यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष पूर्व मन्त्री जीवनराम श्रेष्ठले दाेस्राे लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महाेत्सवले शान्ति, सदभाव र एकतालाई बलियाे बनाउने बताए ।
उनले चिनसंग नेपालकाे पुरानाे सम्बन्ध भएकाे बताउदै यसले भातृत्व र अन्तराष्ट्रिय सम्बन्ध दिगाे बनाउन सहयाेग गर्ने बताए । उनले आगामि शनिबार शान्ति म्याराथन प्रतियोगिता समेत राखिएकाे बताए । यस्तै नेपालका लागि चिनियाँ राजदुत चेन साेङ्गले चिनले नेपालसंगकाे सम्बन्धलाई दिगाे बनाउन पवित्रस्थल लुम्बिनीमा दाेस्राेपटक लुम्बिनी अन्तराष्ट्रिय शान्ति सम्मेलन गरिएकाे बताए। कार्यक्रम पश्चात रात्री भाेज समेत गरिएकाे थियाे ।
लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदान–प्रदान प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको दुतावासले जनाएको छ । महोत्सवमा शुक्रबारका दिन मायादेवी मन्दिर बाहिर पवित्र उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान सत्र सञ्चालन गरिनेछ ।
शनिबार चैतमा खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ । महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स संघ, केजीएच ग्रुप, भिभो, दीपल, बुद्ध एयर सहयाेगी छन ।
तपाईको प्रतिक्रिया !