लखनउलाई हराउँदै आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी शुरुआत

Axar Patel of Delhi Capitals celebrates the wicket of Shardul Thakur of Lucknow Super Giants during match 4 of the Indian Premier League season 18 (IPL 2025) between Delhi Capitals and Lucknow Super Giants held at the Dr YS Rajasekhara Reddy ACA-VDCA Cricket Stadium, Visakhapatnam on the 24th March 2025. Photo by Deepak Malik / Sportzpics for IPL
तस्बिर : एजेन्सी

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले विजयी शुरुआत गरेको छ । हिजोको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई एक विकेटले पराजित गरेको हो ।

लखनउले दिएको दुई सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले अन्तिम तीन बल बाँकी रहँदा नौ विकेट गुमाउँदै दुई सय ११ रन बनाएको हो । दिल्लीका आशुतोषले अविजित ६६ रन बनाए । बलिङमा लखनउका सार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिगभेष राथी रवि विष्नोईले समान दुई विकेट लिए ।

त्यसअघि राजशेखर रेड्डी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै दुई सय नाै रन बनाएको थियो । लखनउका निकाेलस पुनरले सबैभन्दा धेरै ७५ रन बनाए । दिल्लीका मिचेल स्टार्कले तीन विकेट लिए । दिल्लीले विजयी शुरुवातका साथ दुई अङ्क जोडेको छ ।

प्रतिक्रिया
संबन्धित समाचार