कपिलवस्तु १३ चैत
केही दिन अघि सरुवा भई आएका कपिलवस्तुका प्रजिअ र सहायक प्रजिअलाई महराजगंज नगरपालिकाले स्वागत गरेको छ ।
नगर प्रमुख अब्दुल कलाम खा र उप प्रमुख रिता कुमारी चौधरीले प्रजिअ दिल कुमार तामाङ र सहायक प्रजिअ पदम लाल लामिछानेलाई नगरपालिकको सभा हलमा खादा सहीत मायाको चिनो प्रदान गरी स्वागत गरिएको हो ।
सो अवसरमा वडाध्यक्षहरु समेतले दुबैलाई खादा लगाई स्वागत गरेका थिए । सो अवसरमा प्रजिअ तामाङले पालिकाका जन प्रतिनिधिसंग समन्वय गरी सेवाको प्रभावकारीताका लागि यो परिचयात्मक कार्यक्रमले मद्दत मिल्ने बताए । उनले जनताको कम छिटो छरितोका लागि अझ बढी प्रभावकारी हुने किसिमले काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले प्रशासन कार्यालयद्धारा प्रदान गरिने सेवालाई अझ ब्यवस्थित र प्रभावकारी बनाईने बताए । उनले अन लाईनबाटै नागरिकताको सिफारिस कार्यलाई अघि बढाउने आफ्नो योजना रहेकाले वडाध्यक्षहरुले यसमा साथ दिन आग्रह गरे । नागरिकता र पंजीकरणका बिषयमा केही दिन मै जनप्रतिनिधिहरुसंग समन्वयात्मक कार्यक्रम गरिने उनले बताए ।
सो अवसरमा नगर प्रमुख कलामले प्रजिअ र सहायक प्रजिअ दुबै युवा भएकाले जनताको सेवाहरुलाई अझ सहज र प्रभवकारी रुपमा हुने बताए । उनले नागरिकताका बिषयमा प्रजिअ र सहायक प्रजिअले आई पर्ने अप्ठेरा र समस्या समाधानका लागि पहल गर्नु पर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत रबिन्द्र चौधरी, वडाध्यक्षहरु, नगरपालिकाका प्रशासन शाखाका प्रमुख निरंजन पौडल लगायतको सहभागीता थियो । कार्यक्रम नगर प्रमुख कलामको अध्यक्षता तथा बृजेश यादवको संचालनमा भएको थियो ।
तपाईको प्रतिक्रिया !